• १९ असोज २०८३, सोमबार
  • ११ः५३ राती

विवादित विषय टुंगो लगाउन एमाले कार्यदलको बैठक बस्दै

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ०९:२४

काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दैछ । पछिल्ला केही दिन यताको लगातारको बैठकमा छलफल ‘सकारात्मक’ भनिए पनि ठोस निष्कर्ष निस्किन सकेको छैन । कार्यदल सदस्यहरु विगत चार दिनदेखि निरन्तर छलफलमा जुटिरहेका छन् ।

National Life

अन्तिम निष्कर्ष निकाल्ने भन्दै सिंहदरबारमा बिहीबार (हिजो) कार्यदलको बैठक दुईपटक बसे पनि निष्कर्षविहीन बन्यो । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलकै सदस्यहरूले जनाएका छन् । नेता घनश्याम भुसालले भने,‘१० दिनअघि जुन एजेण्डा तयार गरेका थियौँ। गएको १० दिनदेखि खास काम गर्न सकेका छैनौँ । अब बस्ने बैठकबाट निष्कर्ष निस्कन्छ भन्नेमा विश्वास छ ।’


कार्यदल सदस्य सुभाषचन्द्र नेम्वाङले भने छलफल सकारात्मक र गम्भीर रहेकाले कार्यदलले विवाद निष्कर्षमा पुर्‍याउनका जोड गरिरहेको बताए । पार्टीभित्रका विवादित विषय सहमतिका साथ आजै टुङ्गोमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘हिजोसम्म सहमतिका लागि गृहकार्य भएको छ, आजको बैठकमा सबै विषय निष्कर्षमा पुग्छन् ।’पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बन्ने स्थिति सिर्जना भएको हो ।


कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णुप्रसाद रिमाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट डा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त रहेका छन् ।

प्रतिकृया