• ३ असोज २०८३, शनिबार
  • ४ः२० बेलुका

पुराना संस्थापन मिलाउने सुजाताको प्रयास

प्रकाशित मिति

२०७८ असार १५ गते, मंगलवार ०७:४१

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ ।

National Life

कांग्रेसभित्र पार्टी नेतृत्वका लागि दैनिकजसो आकांक्षी समेत बढ्दै गइरहेका छन् । हालको संस्थापन समूहबाट मात्रै आगामी नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । सभापति शेरबहादुर देउवासहित, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठ संस्थापनबाट सभापतिका लागि दाबी गरिरहेका छन् ।


यसैगरी संस्थापनइतर अर्थात् पुरानो संस्थापन मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको समूहबाट पनि आधादर्जन बढी आकांक्षी देखिएका छन् । वर्तमान संस्थापन पक्षबाट आकांक्षी धेरै भएपछि कांग्रेस नेतृ सुजाता कोइरालाले पुरानो संस्थापन समूहलाई मिलाउने प्रयास गरिरहेकी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले सोमबार कांग्रेस वरिष्ठ नेता पौडेल र सिटौलालाई आफ्नो मन्डिखाटारस्थित निवासमा बोलाएर कांग्रेसको पुरानो संस्थापन पक्षलाई मिलाउने प्रयास गरेकी हुन् ।


नेतृ कोइरालाले यसअघि समेत कोइराला परिवारभित्रकै दुई नेता डा. शशांक कोइराला र डा। शेखर कोइरालालाई निवासमै बोलाएर लन्चसहितको मिटिङ गरेकी थिइन् ।


कांग्रेसको १४औं महाधिवेशन आगामी १६ देखि १९ भाद्रसम्म काठमाडौंमा हुने तय भइसकेको छ । महाधिवेशन तय भएसँगै नेताबीचको भेटघाट र छलफलले तीव्रता पाउँदै आइरहेको छ । राजधानी दैनिकबाट

प्रतिकृया