• ३ असोज २०८३, शनिबार
  • ५ः३० बेलुका

आजदेखि सार्वजनिक यातायात सञ्चालन

प्रकाशित मिति

२०७८ असार १५ गते, मंगलवार ०७:३३

काठमाडौं : सार्वजनिक यातायात सञ्चालन गर्न दिनेगरी काठमाडौं उपत्यकामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमवार साँझदेखि सकिएको थियो । निषेधाज्ञा थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक बस समेत सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

National Life

सोमवार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले जोर बिजोर प्रणालीमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय गरेको हो ।


सबै सिटमा यात्रु राख्न पाउनेगरी स्वास्थ्य मापदण्ड अपनाएर बस चलाउन दिने निर्णय गरिएको हो । चालक, सहचालक र यात्रु सबैले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने, स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, सहचालकले अनिवार्य पञ्जा लगाउनुपर्ने र दिनहुँ सवारीसाधन निःसंक्रमण गर्नुपर्ने प्रावधानसहित सार्वजनिक यातायात सञ्चालनको तयारी भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले उपत्यकाभित्र जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका बस सञ्चालन गर्न दिने निर्णय गरेको छ

प्रतिकृया