• २४ भदौ २०८३, बुधबार
  • १ः४७ दिउँसो

चीनमा हुने धेरैजसो साइबर आक्रमणमा अमेरिकाको हात

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०४:२९

चीनमा हुने धेरैजसो साइबर आक्रमणमा अमेरिकाको हात भएको चीनको नेसनल कम्प्युटर नेटवर्क इमर्जेन्सी रेस्पोन्स टेक्निकल टिम (सीएनसीईआरटी) ले वार्षिक प्रतिवेदनमा बताएको छ ।

National Life

चिनियाँ नेटवर्कलाई लक्षित गरी हुने प्रायः साइबर आक्रमण संयुक्त राज्य अमेरिकाका कारण हुने गरेको कुरा सीएनसीईआरटीले सोमबार सार्वजनिक एक वार्षिक प्रतिवेदनमा बताएको हो ।

‘ट्रोजन तथा वोटनेट’ गतिविधिका आधारमा सन् २०१८ मा चीनको मूख्य भू–भागमा रहेका ३३ लाख ४० हजार कम्प्युटरमा करिब १४ हजार ट्रोजन वा बोटनेटका कमान्ड तथा कन्ट्रोल सर्भर (सी एन्ड सी सर्भर) अमेरिकाबाट सञ्चालित रहेको पाइएको सीएनसीईआरटीले प्रतिवेदनमा उल्लेख गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

त्यसैगरी ३३ हजार २५ इन्टरनेट प्रोटोकल (आईपी) एड्रेसहरू अमेरिकाबाट सञ्चालित रहेको र यो सन् २०१७ को तुलनामा ४३ प्रतिशतले बढी हो ।

यी दुई श्रेणीमा आधारित रहेर हेर्दा चिनियाँ भू–भागमा कम्प्युटर तथा वेबसाइटमार्फत तथ्यांक चोरी हुने वा साइबर आक्रमण हुने समस्या सबैभन्दा बढी अमेरिकाबाट रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अमेरिकाले ३ हजार ६ सय ७ चिनियाँ वेबसाइटमा अनावश्यक तथा अपकारी (ट्रोजन) गतिविधिमार्फत समस्या उत्पन्न गराइने गरेको भेटिएको सीएनसीईआरटीले जनाएको छ ।

प्रतिकृया