• १३ असोज २०८३, मंगलबार
  • १०ः२२ राती

बाढी बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

प्रकाशित मिति

२०७८ असार २ गते, बुधबार १०:३६

काठमाडौँ : मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १ सय ४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।

National Life

उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन् ।’


सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया