कर्णालीमा सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप
प्रकाशित मिति
२०७८ असार १ गते, मंगलवार ०३:०५
काठमाडौँ : कर्णाली प्रदेशमा नेकपा एमाले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले संसदीय दलको मंगलबार बसेको बेठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्न ह्वीप जारी गरेको नेता यामलाल कँडेलले जानकारी दिए।
उनले भने,‘ हामीले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ। यसमा पार्टीको सबैको सहमति छ।’ बैठकमा एमाले असन्तुष्ट पक्षका प्रदेशसभा सदस्य प्रकाश ज्वाला पनि सहभागी थिए। उनले पार्टी एकताको चाहनासहित बैठकमा भाग लिएको बताएका छन्। उनले भने, ‘म पार्टी एकताको पक्षमा छु। केन्द्रमा पार्टी एकताबारे जोड भइरहेको छ। म प्रदेशसभा सदस्य भएको नाताले पार्टी संसदीय दलको बैठकमा पनि सामेल भएको हुँ।’
तर उनीसँगै सर्वोच्च अदालतबाट प्रदेशसभा सदस्यमा पुर्नस्थापित भएका माधव पक्षका तीन जना प्रदेशसभा सदस्य भने बैठकमा सामेल भएनन्। उनीहरु तीनै जना हाल माओवादी नेतृत्वको सरकारमा मन्त्री छन्। नीति तथा कार्यक्रम पारितका लागि मंगलबार दिउँसो प्रदेशसभा बैठक आह्वान भएको छ। लगत्तै बजेट ल्याउने तयारी छ। तर नीति तथा कार्यक्रम नै पास हुनेरनहुने अन्यौल बढेको छ।








प्रतिकृया