• १४ असोज २०८३, बुधबार
  • १२ः०१ राती

आज सातै प्रदेशले बजेट ल्याउँदै

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार ०९:१४

काठमाडौं : सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८ र८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने प्रावधान छ । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि सोहीअनुसार हुनेछ ।

National Life

प्रदेश १ ले आज अपराह्न ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ भने प्रदेश २ ले अपराह्न ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम शनिबार नै प्रदेश सभाले बहुमतले पारित गरिसकेको बाग्मती प्रदेशले अपराह्न ३ बजे बैठक बोलाइएको छ ।


गण्डकी प्रदेशमा सरकारले समेत आजै बजेट ल्याउने तयारी गरिरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार पेस गरेको नीति तथा कार्यक्रम सोमबार राति अबेर पारित मात्रै पारित भएकाले आज बजेट आउँदैछ ।

Classic Tech Mobile
Classic Tech Desktop

लुम्बनी प्रदेशले अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ भने कर्णाली प्रदेशले दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशले अपराह्न ४ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।


केन्द्रले प्रदेशलाई समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, ससर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा चार अर्ब १५ करोड, समपूरकमा पाँच अर्ब ७२ करोड ४६ लाख गरी जम्मा एक खर्ब तीन अर्ब ७० करोड २५ लाख रकम छुट्याएको छ ।


यसका अतिरिक्त राजस्व बाँडफाँट र रोयल्टी बाडँफाँटबाट पनि प्रदेशलाई रकम जाने व्यवस्था गरिएको छ । यसैगरी प्रदेशको आफ्नै स्रोतबाट पनि राजस्व परिचालन हुन्छ । सबै प्रदेशको बजेटमा कोरोना महामारी नियन्त्रणले प्राथमिकता पाएको ।

प्रतिकृया