• १२ असोज २०८३, सोमबार
  • ६ः४२ बेलुका

प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

प्रकाशित मिति

२०७८ जेष्ठ २९ गते, शनिबार ०४:५२

काठमाडाैँ : नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् ।

National Life

गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए । विपक्षी गठबन्धनका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् । कांग्रेस प्रदेशसभा सदस्य कुमार खड्काले प्रतिगामी कदमविरुद्ध निषेधाज्ञा तोडेर राजनीतिक आन्दोलन गर्ने र अदालत जानुपर्ने हुनसक्ने बताए ।

प्रतिकृया