• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

फेसबुकलाई जानकारी दिनुहोस, पैसा कमाउनुहोस

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार १०:५२

सामाजिक सञ्जाल फेसबुकले आफूलाई केही विशेष जानकारी दिने प्रयोगकर्तालाई पैसा दिने नयाँ एप ल्याउने भएको छ।

स्टडी नाम दिइएको उक्त एप एन्ड्रोइडमा उपलब्ध हुनेछ । स्टडी एपले प्रयोगकर्ता कुन कुन एप्लिकेसन, कुन देशबाट कति समयसम्म प्रयोग गरिरहेका छन् भन्ने जानकारी लिने छ।

Kamana Sewa

फेसबुकले स्टडीमार्फत् प्रयोगकर्ताका सन्देश, पासवर्ड र खोलेका वेवसाइटहरूजस्ता वैयत्तिक र गोप्य विवरण भने संकलन नगरिने जनाएको छ।

Classic Tech Desktop

स्टडी एपमा सहभागी हुने प्रयोगकर्ता १८ वर्ष कटेको हुनुपर्छ। फेसबुक एकाउन्टमा भएको जन्ममितिका आधारमा उमेर तय हुनेछ । फेसबुकले यसरी तयार भएको विवरण विज्ञापन पठाउन वा अन्य प्रयोजनका लागि प्रयोग नहुने बताएको छ।

फेसबुकबाट पैसा पाउन प्रयोगकर्ताको पेपल खाता हुनुपर्नेछ। कति विवरण दिएवापत् कति पैसा पाइन्छ भन्नेबारे खुलाइएको छैन। यो एप सुरूमा अमेरिका र भारत लञ्च गरिनेछ।

सबै फेसबुक प्रयोगकर्ताले स्टडी एप प्रयोग गर्न पाउने छैनन्। लक्षित प्रयोगकर्ताको समूहको वालमा फेसबुकले स्टडी एपको विज्ञापन देखाउनेछ। त्यसैमा क्लिक गरेर साइन इन गर्न सकिने समाचार संस्था एपीले जनाएको छ।

प्रतिकृया