• २१ असोज २०८३, बुधबार
  • ११ः४५ बिहान

गुठी विधेयक संविधानको प्रतिकूल नभइ अनुकूल नै रहेको : मन्त्री अर्याल

प्रकाशित मिति

२०७६ जेष्ठ २७ गते, सोमबार ०३:०१

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयक संविधानको प्रतिकूल नभइ अनुकूल नै रहेको बताएकी छिन् ।

National Life

मन्त्री अर्यालले निजी गुठीलाई सार्वजनिक बनाउन सकिने तर सार्वजनिक गुठीलाई बनाउनै सकिँदैन भन्दै उनले गुठी विधेयकबारे आशङ्का नगर्न आग्रह समेत गरेकी छन ।

उनले भनिन, ‘गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शङ्का नगरौँ, अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

सोमबार राष्ट्रिय सभाको बैठकमा विधेयक बारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताएकी हुन ।

प्रतिकृया