• १२ असोज २०८३, सोमबार
  • ८ः२० राती

डब्लुएचओले गर्यो भाइरसको वर्गीकरण : विश्वव्यापी चिन्ता

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ११:०१

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड-१९ का प्रकारहरूलाई जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण गरेको छ ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएको छ ।डब्लुएचओका प्राविधिक प्रमुखले अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताएका छन् ।

 

 

उनले यो प्रकारका लागि खोपको प्रभावकारीता कम हुनु नै चिन्ताको विषय भएको बताएका छन् । भारतमा भेटिएको  प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको डब्ल्यूएचओले जनाएको छ । यसबाहेक बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड-१९ का प्रकारहरूलाई पनि डब्लुएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ ।

प्रतिकृया