९ बजेसम्म कुनै जवाफ नआए ९:३० मा बैठक बसेर सामूहिक राजीनामा दिन्छौं – पाण्डे
प्रकाशित मिति
२०७८ बैशाख २७ गते, सोमबार ०८:५५
तस्वीर–फाइल ।
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई गुटका रुपमा चलाएसँगै एमालेको ठूलो हिस्सा बाहिरिने निश्चित भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमालेलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पुर्याइदिएको भए पनि ओलीले पार्टीमा बैरभाव गर्दै उनको समूहभन्दा ठूलो हिस्सा ओगटेको खनाल–नेपाल पक्षमाथि निषेधको राजनीति गरेपछि अहिले ठूलो अस्थिरता पैदा भएको छ ।
ओलीले पार्टीलाई मिलाउनुको सट्टा झन् पूर्णरुपले निषेध गर्दै कारबाहीमात्र गर्न थालेपछि ओलीले सोमबार दिउँसो संसदबाट लिने विश्वासको मतमा सहभागी हुनुभन्दा सांसदबाटै राजीनामा दिनका लागि खनाल–नेपाल पक्ष तयार भएर बसेको छ ।
खनाल–नेपाल पक्षले सोमबार बिहान ९ बजेसम्म वार्तामा बोलाएर सहमति गर्नका लागि ओलीलाई आह्वानसमेत गरेको छ । आइतबार बसेको एमालेका खनाल–नेपाल पक्षका सांसदहरुको बैठकले सोमबार बिहान ९ बजेसम्म कुर्ने र कुनै जवाफ नआए ९ः३० बजे बैठक बसेर सामूहिक राजीनामा दिने निर्णय भएको सोमप्रसाद पाण्डेले जानकारी दिए ।








प्रतिकृया