• २५ भदौ २०८३, बिहीबार
  • ८ः५६ राती

नेपाल पक्षले सांसदबाट राजीनामा नदिने

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०३:२६

काठमाडौँ : सांसद पदबाट सामूहिक बहिर्गमनको तयारी गरेको नेकपा एमालेभित्रको माधव नेपाल पक्षले आइतबार राजीनामा नबुझाउने भएको छ। नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी ओलीको पक्षमा बहुमत नजुट्ने देखेपछि नेपाल पक्षले तत्कालै राजीनामा नबुझाउने निर्णय गरेको हो।

National Life

यद्यपि सोमबारसम्म यो निर्णयमा फेरबदल हुनसक्ने पनि सांसद श्रेष्ठले जानकारी दिए। अर्का सांसद मेटमणि चौधरीका अनुसार राजीनामा संयुक्त रुपमा बुझाएर नेपाललाई दिइसके पनि आइतबार संयुक्त राजीनामा संसदमा बुझाइएको छैन।

जनता समानवादी पार्टीका कतिपय सांसदहरु विश्वासको मतमा तटस्ठ बस्ने सम्भावना देखिएको र यसकारण प्रधानमन्त्री ‌ओलीको बहुमत नपुग्ने देखिएपछि तत्काल राजीनामा नबुझाउने निचोडमा नेपाल पक्ष पुगेको छ। यसबारे सोमबार १ बजेभन्दा अगाडि निर्णय हुनसक्ने सम्भावनालाई भने सांसद चौधरीले स्वीकार गरे।

Classic Tech Mobile
Classic Tech Desktop

आइतबार दिउँसो नेता नेपालसहित उनी पक्षका सांसदहरु सिंहदरबारमै छलफलमा व्यस्त छन्। नेता नेपालसहित करिब २० जना सांसदहरुले आइतबार संसद सचिवालयमा संयुक्त राजीनामा बुझाउने तयारी थियो।

प्रतिकृया