• २५ भदौ २०८३, बिहीबार
  • ७ः४३ बेलुका

रिक्त आयोगका पदाधिकारी र सदस्यको पदपूर्तिमा सिफारिस

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार १२:४०

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुका पदाधिकारी र सदस्यहरुको पदपूर्तिको सिफारिस गरेको छ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त सिफारिस गरेको बैठकमा सहभागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिएका छन् ।

National Life

तर  नियुक्त भएका पदाधिकारी तथा सदस्यहरुको नाम भने खुलाएको छैन । उनका अनुसार रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी र सदस्यहरुको नियुक्तिको सिफारिस गर्ने निर्णय भएको छ। हतारमा उनले निर्णयहरुमा हस्ताक्षर मात्रै गरेर हिँडेको बताए ।

आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने अनुपस्थित थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया