• ३० भदौ २०८३, मंगलबार
  • ६ः५० बिहान

दोलखा भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार ०४:२६

काठमाडौं :  दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए । मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् ।

National Life

 

मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको एक प्रहरी अधिकारीले बताए । पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो । शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया