संवैधानिक परिषद बैठकमा भाग नलिनको लागि अन्य सदस्यहरुलाई देउवाको आग्रह (विज्ञप्तीसहित)
प्रकाशित मिति
२०७८ बैशाख २५ गते, शनिबार ०१:१५
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदको भोलिको लागि बोलाईएको बैठकमा भाग नलिने भएका छन् ।
उनले वर्तमान सरकारले संवैधानिक परिषदको मर्यादा र गरिमालाई समाप्त पार्ने र यसको कार्यक्षेत्रलाइ संकुचित गर्नेगरि पटक पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोृधन गर्ने अनुचित कार्य गरेको पनि उल्लेख गरेका छन् । सरकारले ल्याएको अध्यादेश संविधानको विशिष्ट व्यवस्था र मूल भावनाको विपरित रहेको पनि सभापति देउवाको भनाई छ ।
उनले विज्ञप्तीमा भनेका छन्–‘संवैधानिक परिषदसम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मूल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार भएको हुने हुँदा उक्त बैठकमा भाग नलिन परिषदका अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु ।’
हेरौं विज्ञप्ती







प्रतिकृया