गोकुल बास्कोटाको व्यंग्य: बहुदलीय लोकतन्त्रमा निर्दलीय महागठबन्धन, रूख र गोलाकार बेपत्ता
प्रकाशित मिति
२०७८ बैशाख २५ गते, शनिबार १०:३५
काठमाडौं : नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले राष्ट्रियसभा सदस्यको उपचुनावमा एमालेविरुद्ध बनेको गठबन्धनलाई आउने चुनावको युद्ध अभ्यासको संज्ञा दिएका छन् ।
बास्कोटाले कांग्रेसको चुनाव चिह्न रूख र माओवादीका गोलाकारभित्रको हँसिया हथौडा बेपत्ता भएको भन्दै बहुदलीय लोकतन्त्रमा निर्दलीय महा गठबन्धन बनेको टिप्पणी गरेका छन् ।
बास्कोटा भन्छन्, ‘बहुदलीय लोकतन्त्रमा रूख र गोलाकार बेपत्ता भएको निर्दलीय उम्मेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ रु एक एमालेविरुद्ध चार निर्दलीय महागठबन्धन,साायद उाउने चुनावको युद्ध अभ्यास होला ।’
जेठ ६ गते हुने राष्ट्रियसभाको उपचुनावमा एमालेका रामवहादुर थापा बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवार बनेका छन् । उनलाई कांग्रेस र माओवादीले समर्थन गरेका छन् ।






प्रतिकृया