• १३ असोज २०८३, मंगलबार
  • २ः१४ राती

अवकाश सैन्य-स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने सेनाको तयारी

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०३:१३

काठमाडौँ : अवकाश भएका सैन्य-स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने सेनाको तयारी भएको गर्न थालेको छ । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने गरी तयारी थालेको हो । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी तयारी थालेको हो ।

National Life

 

सेनाले हाल नेपालमा बढीरहेको कोरोनाको संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामको लागि विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गर्दै आएको छ । सेनाले जुनसुकै बेला पनि बोलाइन सक्ने भन्दै तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

यसै क्रममा जङ्गी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिकृया