• २३ भदौ २०८३, मंगलबार
  • ४ः५६ बिहान

काठमाडौं उपत्यकामा लुटपाटको आतंक मच्चाउने गिरोह पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार ०४:१४

काठमाडौं उपत्यका भित्रका विभिन्न सुनचाँदी पसल, विभिन्न वित्तीय संस्थाहरुमा खुकुरी प्रहार गर्दै, मान्छेलाई नियन्त्रणमा लिएर लुटपाटको आतंक मच्चाउने एक गिरोह पक्राउ परेको छ ।

National Life

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं र इलामबाट उनीहरुलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार पक्राउ पर्नेमा इलामको माइजोकमाई गाउँपाकिला–६ का २४ वर्षीय धराने भनिने नितेश तामाङ, रौतहटको चन्द्रनिगाहापुर–२ का २३ वर्षीय मुन्द्रे भनिने अजय वाइवा तामाङ, काभ्रको चौरीदेउराली गाउँपालिका–३ का २३ वर्षीय बाहुन भनिने रुपेश चौलागाँइ र मकवानपुरको शिखरपानी गाउँपालिका–८ का ३० वर्षीय जिग्री भनिने भिमराज थिङ रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुमध्ये धराने भनिने नितेश इलामबाट पक्राउ परेका हुन् भने अन्य काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट १ हजार र विभिन्न कम्पनीको ४ थान मोबाइल बरामद भएको छ । पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २२४ को डाँका गर्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको छ ।

यस्तो छ उनीहरुले उपत्यकामा गरेको लुटको श्रृंखला

जेठ ४ गते दिउँसो  काठमाडौं जोरपाटीस्थित बुद्धराम सुनारले सञ्चालन गरेको भिमश्वरी सुनचाँदी पसल लुटिएको थियो। ४/५ जनाको समूहमा खुकुरी र रड लिएर एक समूह उक्त पसलमा पुगेको थियो। हतियारसहित उक्त पसलमा पुगेका उनीहरूले पसलवालालाई बोल्न कराउन नदिई कब्जामा लिएर काउन्टरमा भएको नगद ८० हजार लुटेका थिए।

जेठ ३ गते बिहान पौने ११ बजे ललितपुर इमाडोलस्थित कृष्णमन्दिर नजिक रहेको सुरेशराज शर्माको असन इन्भेष्टमेन्ट प्रालिमा पुगेर कर्मचारीलाई नियन्त्रणमा लिएर १ लाख रुपैयाँ लुटपाट गरि फरार ।

चैत २६ गते गोकर्णेश्वर नगरपालिका–५ स्थित रवि श्रेष्ठले सञ्चालन गरेका पाथिभरा मनि ट्रान्सफर ४/५ जनाको समूह प्रवेश गरि संचालकलाई धारिलो हतियार (खुकुरी समेत) देखाई जबरजस्ती मुखमा टेपले बाँधी बोल्न कराउन नदिई ३ लाख ५० हजार लुटपाट गरी फरार रहेको ।

माघ १४ गते चाबहिल–७ स्थित रामप्रसाद तिवारीले सञ्चालन गरेको एग्रिमोर बचत तथा ऋण सहकारी संस्थामा हातहतियारसहित ४ जनाको समूहले नगद लुटपाट गर्ने प्रयास गरी फरार रहेको ।

भदौ २६ गते कलंकीस्थित अनुजेन्द्र बस्नेतले सञ्चालन गरेको पिपुल्स मनि ट्रान्सफरमा कर्मचारीहरुलाई नियन्त्रणमा लिई १ लाख ७० हजार लुटपाट गरी फरार भएको।

प्रतिकृया