• २१ असोज २०८३, बुधबार
  • २ः४४ दिउँसो

कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण २ जनाको मृत्यु, ९९ घाइते

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार १०:३५

कैलालीमा बिहीबार साँझ आएको हावाहुरीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो ।

National Life

हावाहुरीका कारण अहिलेसम्म ९९  जना घाइते भएका छन् । गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

क्षतिको थप विवरण संकलन भइरहेको एसपी गिरीले बताए । अहिले हावाहुरी रोकिएको छ । विद्युत भने अवरुद्ध छ ।

प्रतिकृया