• २३ भदौ २०८३, मंगलबार
  • ४ः४५ बिहान

साइन्सेजले रेम्डेसिभिर औषधि भारतलाई दिने भयो तर कति?

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार १०:२९

अमेरिकी कम्पनीले भारतलाई साढे चार लाख डोज रेम्डेसिभिर दिने भएकाे छ ।

National Life

 

भारतमा कोरोना भाइरसको महामारी भयावह बनेका बेला अमेरिकी कम्पनी गिलियाड साइन्सेजले सोमबार  रेम्डेसिभिर औषधि उपलब्ध गराउने भएको हाे ।

Classic Tech Mobile
Classic Tech Desktop

 

गिलियाडले भारतलाई साढे चार लाख सिसी रेम्डेसिभिर उपलब्ध गराउने बताएको हो । कम्पनीले सोमबार भारतमा  औषधि उत्पादन बढाउनका लागि आवश्यक कच्चा पदार्थ पनि सहयोग स्वरुप दिने बताएको छ ।

 

रेम्डेसिभिर उत्पादनको अनुमति पाएका सबै सात कम्पनीले उत्पादन बढाएको पनि गिलियाडले जनाएको छ। ती कम्पनीहरु आफ्नो उत्पादन क्षमता बढाउने तथा स्थानीय औषधि उत्पादक कम्पनीलाई सहयोग गर्नमा लागेका छन्।

 

समाचार संस्था रोयटर्सका अनुसार कम्पनीहरुले अप्रिल ११ सम्ममा आफ्नो उत्पादन क्षमता ३९ लाख युनिट प्रति महिना बनाएका छन्। आफूले उपलब्ध गराउने कच्चा पदार्थका कारण भारतमा रेम्डेसिभिरको उत्पादनमा रोकावट आउन नदिने गिलियाडले बताएको छ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीव्र रुपमा बढ्दै जाँदा भारतमा औषधिको माग पनि बढेको छ । कोभिड-१९ का गम्भीर केसहरुमा वयश्क तथा बालबालिकाहरुलाई रेम्डेसिभिर चलाउन भारतले अनुमति दिएको छ । भारतमा महामारीले गम्भीर रुप लिँदै गएपछि अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीन, साउदी अरेबिया र युएईसहितका देशले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

भारतमा कुल संक्रमितको संख्या एक करोड ७३ लाख भन्दा धेरै तथा ज्यान गुमाउनेको संख्या एक लाख ९५ हजार भन्दा बढि पुगेको छ। तर विज्ञहरुका अनुसार संक्रमित तथा ज्यान गुमाउनेको संख्या सरकारी तथ्यांक भन्दा निकै धेरै हुन सक्छ।

प्रतिकृया