• २३ भदौ २०८३, मंगलबार
  • १ः३८ राती

वाणिज्य बैंकको निक्षेप संकलन प्रभावित

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०८:०७

नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन आएको छ ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर विकास बैंक, वित्त कम्पनी तथा सहकारीहरूले दिएकाले ग्राहकहरू स्थानान्तरण भएको हुनसक्ने बैंकरहरू बताउँछन् ।

 

नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएर कुल निक्षेप ३९ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ । वैशाख दोस्रो साता ५ अर्ब रुपैयाँले थप घट्यो ।

 

वैशाखका शुरुआती २ सातामा कर्जा प्रवाहमा समेत उतारचढाव आएको छ । निरन्तर वृद्धि भइरहेको कर्जा प्रवाह वैशाख पहिलो साता ८ अर्ब रुपैयाँले घटेर रू। ३५ खर्ब ६५ अर्बमा सीमित थियो ।

 

तर, दोस्रो सातामा भने सुधार देखियो । कर्जा प्रवाह १७ अर्ब रुपैयाँले बढ्दा कुल कर्जा ३५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले बताएको छ ।

(आर्थिक अभियान दैनिक)

प्रतिकृया