• २५ भदौ २०८३, बिहीबार
  • ३ः२२ दिउँसो

भजनीमा कोरोना सङ्क्रमण फैलियो, तयारी छैन

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०४:४०

भजनी:  पछिल्लो सयमा कोरोनाको सङ्क्रमण दरमा बृद्धि हुँदै गएको छ । यसका रोकथाम तथा नियन्त्रणमा कैलालीका स्थानीयले कुनै तयारी नगरेका छैनन् । समुदायस्तरमै कोरोना फैलिसकेको बताइएको छ ।

National Life

स्थानीय तहले गर्ने स्वाब परीक्षण तथा एन्टिजेन्ट परीक्षण समेत बन्द गरेका छन् । कतिपयले बजेट अभावका कारण तयारीको काम अगाडि बढाउन नसकिएको बताएका छन् । टीकापुर नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन । अहिले नगरपालिकामा कोरोना परीक्षणको कामसमेत बन्द छ । नगरपालिकामा यही वैशाख १ गते १४ जना पिसिआर पोजेटिभ र १३ जनामा एन्टिजेन्ट पोजेटिभ कोरोना सङ्क्रमित छन् भने दुई जनाको कोरोनाकै कारण ज्यान गएको छ । गत फागुनदेखि चैत मसान्तसम्म भारतबाट फर्किएका करीब १५० जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिकामा जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

 

Classic Tech Mobile
Classic Tech Desktop

“नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बस्न सकेको छैन । नगरपालिकाको बैठक बसेर आवश्यक निर्णय गर्नुपर्ने भएकाले तयारीको प्रक्रिया अगाडि बढ्न नसकेको हो ।” उनले भने, “आज÷भोलिसम्म बैठक बस्छ । बैठक निर्णयनुसार हामी कामलाई अगाडि बढाउने छौँ ।” उहाँले नगरपालिकामा कोरोना परीक्षण नहुँदा शङ्कास्पद बिरामी नेपालगञ्ज, धनगढी गएर परीक्षण गराउँदै आएको बताउँदै धनगढीको तथ्याङ्क नगरपालिकालाई जानकारी गराउने गरेको भए पनि नेपालगञ्जको तथ्याङ्क नगरपालिकामा नआउने गरेको जानकारी दिए । “हामीसँग ३८ श्ययाको आइसोलेशन वार्ड तयारी अवस्थामा छ । त्यसैलाई सञ्चालनको तयारी गर्दैछौँ”, उनले भने, “स्थिति पहिलेकोभन्दा पनि नराम्रो हुने सङ्केत देखा पर्दै गएका छन । हामी सबै सचेत हुनुको अर्को कुनै विकल्प छैन ।”

 

भजनी नगरपालिकाले पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काम अगाडि बढाएको छैन । नगरपालिकाका कोभिडको शीर्षकमा बजेट छैन । भारतीय सीमासँग सिमाना जोडिएको भजनी कोरोनाको उच्च जोखिममा छ । नगरपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय नागरिकले खेती गर्न नेपाल आउने गरेका छन् त्यसबाट झनै जोखिम भएको स्थानीय महेश बुढाले जानकारी दिए । नगरपालिकामा अहिलेको अवस्थामा त्यस्तो जोखिम नदेखिएको बताउँदै नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृति विकले केही दिनमै नगरपालिकाको बैठक बस्ने र योजना तयार गरिने बताए ।

 

“अहिले नगरपालिकामा त्यस्तो जोखिम देखिएको छैन । जोखिम छैन भनेर हात बाँधेर बस्ने अवस्था पनि छैन”, उनले भने, “हामीले आन्तरिक व्यवस्थापनको काम अगाडि बढाएका छौँ । नगरपालिकासँग आवश्यक बजेटसमेत माग गर्ने तयारी भइरहेको छ ।”उनले नगरपालिकामा पिसिआर टेस्टका लागि किट नभएको जनाउँदै एन्टिजेन्ट किट पनि सीमित भएकाले त्यसको तत्काल व्यवस्थापन गर्न आवश्यक छ भने । स्वास्थ्य शाखा प्रमुख विकले कुन परिस्थिति आइपर्ने हो भन्ने कुराको सजिलै आँकलन गर्ने सकिने अवस्था नरहेको बताए ।

 

“अहिले कोरोना परीक्षण शुरु गरिएको छैन । हामीसँग आवश्यकमात्रामा किटको अभाव छ । नागरिकको अहिलेको व्यवस्थालेस्थित नियन्त्रणभन्दा बाहिर जान पनि कुनै समय नलाग्न सक्छ ।” उनले भने, “अब क्वारेन्टिनका लागि हामीसँग संरचना पनि छैन । त्यही ५ वार्डको आइसोलेशन छ त्यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।” भजनीमा होम क्वारेन्टिन र होम आइसोलेशनमा कोरोनाका शङ्कास्पद बिरामी व्यवस्थापन गर्नुको विकल्प देखिँदैन । रासस

प्रतिकृया