सरकारले शनिबार सार्वजनिक गर्ने भयो सय दिने उपलब्धि
प्रकाशित मिति
२०८३ असार १९ गते, शुक्रबार १०:५३
१९ असार २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यकालको सय दिन पूरा भएको अवसरमा शनिबार आफ्नो सय दिने उपलब्धि सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार गठनपछि भएका कामको समीक्षा गर्दै विभिन्न क्षेत्रका उपलब्धिहरू सार्वजनिक गर्ने तयारी गरिएको छ।
सरकार गठन भएको सय दिन पुग्ने असार २० गते उपलब्धिको विवरण सार्वजनिक गरिने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। सरकारले सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेर अघि बढाएका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।

उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, राजनीतिक नियुक्ति खारेज, कर्मचारी सरुवामा अनलाइन प्रणाली, सेवाप्रवाह सुधार, कानुन संशोधनको पहल तथा भ्रष्टाचार र वित्तीय अपराधविरुद्धको छानबिनलाई प्रमुख उपलब्धिमा समेटिएको जनाइएको छ।

यद्यपि सरकारको कार्यशैलीलाई लिएर विभिन्न पक्षबाट आलोचना पनि हुँदै आएको छ। विशेषगरी सुकुम्बासी व्यवस्थापन, कर नीति, महँगी नियन्त्रण, उद्यमी–व्यवसायीमाथिको व्यवहार तथा गरिखाने वर्गका लागि ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ।




प्रतिकृया