• १२ असार २०८३, शुक्रबार
  • ३:०५ बेलुका

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान सुरु

प्रकाशित मिति

२०८३ असार १२ गते, शुक्रबार ०२:१४

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। पहिलो चरणमा सभापति र पुरुष उपसभापति निर्विरोध चयन भएपछि बाँकी पदका लागि दोस्रो चरणमा निर्वाचन भइरहेको हो।

महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। महामन्त्री पदका लागि विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्।

Kamana Sewa

त्यस्तै, सहमहामन्त्री (खुला) पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त प्रतिस्पर्धामा छन्। सहमहामन्त्री (महिला) पदका लागि जुली यादव, विदुषी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।

Classic Tech Desktop

यसअघि सभापति पदमा रवि लामिछाने र पुरुष उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भइसकेका छन्। आजको मतदानपछि बाँकी पदाधिकारीहरूको टुंगो लाग्ने निर्वाचन समितिले जनाएको छ।

प्रतिकृया