• १५ असोज २०८३, बिहीबार
  • ४ः३९ बेलुका

मधेस प्रदेशको बजेट खर्च निराशाजनक, ११ महिनामा २१ प्रतिशत मात्रै खर्च

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ११:२५

४ असार २०८३ जनकपुरधाम – मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को ११ महिनामा कुल बजेटको २१ प्रतिशतभन्दा थोरै मात्र खर्च गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार गत साउनदेखि यस वर्षको जेठ मसान्तसम्म प्रदेश सरकारले कुल विनियोजित बजेटको २१.२४ प्रतिशत मात्रै खर्च गरेको हो।

National Life

कार्यालयको तथ्यांकअनुसार ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको कुल बजेटमध्ये जेठ मसान्तसम्म ९ अर्ब ९८ करोड ५४ हजार १२६ रुपैयाँ मात्र खर्च भएको छ। आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा प्रदेश सरकारसँग ३७ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च हुन बाँकी रहेको छ।

खर्चको अवस्था हेर्दा विकास निर्माणसँग सम्बन्धित पुँजीगततर्फको खर्च झन् कमजोर देखिएको छ। ११ महिनाको अवधिमा पुँजीगत बजेटको १३.७६ प्रतिशत मात्र खर्च भएको छ भने चालुतर्फ ३६.२२ प्रतिशत बजेट खर्च भएको तथ्यांकले देखाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा पनि बजेट कार्यान्वयनको गति सुस्त रहेकाले प्रदेश सरकारको विकास खर्च र योजनाको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। विशेषज्ञहरूले समयमै योजना कार्यान्वयन र बजेट खर्च बढाउन प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

प्रतिकृया