• १५ असोज २०८३, बिहीबार
  • ५ः२० बेलुका

विश्व रक्तदाता दिवस आज : नेपालमा रगत अभाव कायमै, नियमित रक्तदानको खाँचो

प्रकाशित मिति

२०८३ जेष्ठ ३१ गते, आईतवार ०७:०९

३१ जेठ २०८३ काठमाडौं – आज विश्वभर ‘मानवताको एक थोपा, रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस्’ भन्ने नारासहित विश्व रक्तदाता दिवस मनाइँदै छ। हरेक वर्ष जुन १४ तारिखमा मनाइने यस दिवसको उद्देश्य सुरक्षित रगत तथा रक्ततत्वको आवश्यकताबारे जनचेतना फैलाउनुका साथै जीवन बचाउन निःस्वार्थ रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्नु हो।

National Life

नेपालमा दैनिक करिब ५ सय युनिट होल ब्लड र १ सय युनिट रक्ततत्व आवश्यक पर्ने भए पनि नियमित रक्तदान कार्यक्रमको अभावका कारण मागअनुसार रगत उपलब्ध गराउन चुनौती भइरहेको छ।

तथ्यांकअनुसार नेपालमा १ हजार जनामध्ये ४ जनाले मात्रै रक्तदान गर्ने गरेका छन्। रक्तदातामध्ये पुरुष ८६.१ प्रतिशत र महिला १३.९ प्रतिशत रहेका छन्। पछिल्लो समय रक्तदान गर्नेको संख्या बढ्दै गए पनि स्वयंसेवी रक्तदाताहरूले केन्द्रीय रक्तसञ्चार केन्द्रबाट आवश्यक सहयोग र समन्वय नपाएको गुनासो गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

रक्तदानप्रतिको सचेतना बढे पनि रगतको सहज आपूर्ति सुनिश्चित हुन नसकेको, रगत किनबेच हुने गरेको तथा कतिपय अवस्थामा भनसुनका आधारमा मात्रै रगत प्राप्त गर्नुपर्ने अवस्था अझै अन्त्य हुन नसकेको सरोकारवालाहरूको भनाइ छ।

विश्व रक्तदाता दिवसका अवसरमा स्वास्थ्यकर्मी तथा स्वयंसेवी संस्थाहरूले नियमित र स्वेच्छिक रक्तदानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

प्रतिकृया