• १९ असार २०८३, शुक्रबार
  • ४:४९ बिहान

सरकारको लक्ष्य: ३ वर्षभित्र ९० प्रतिशत नागरिक स्वास्थ्य बीमामा समेटिने

प्रकाशित मिति

२०८३ जेष्ठ १५ गते, शुक्रबार ०५:४५

सरकारले आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गरिने जानकारी दिएका छन् ।

सरकारले छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्यसम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी प्रणाली लागू गर्ने योजना अघि सारेको छ ।

Kamana Sewa

अर्थमन्त्री वाग्लेका अनुसार स्वास्थ्य बीमाको सर्वव्यापीकरणमार्फत आगामी तीन वर्षभित्र अधिकांश नागरिकलाई बीमाको दायरामा ल्याइने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया