• १९ असार २०८३, शुक्रबार
  • ४:४९ बिहान

पुराना बिरामीलाई पुरानै सुविधा दिन स्वास्थ्य बीमा बोर्डको निर्देशन

प्रकाशित मिति

२०८३ जेष्ठ १५ गते, शुक्रबार ०३:१९

१५ जेठ २०८३ काठमाडौं – स्वास्थ्य बीमा बोर्डले अस्पतालमा भर्ना भई उपचाररत बीमित नागरिकको सेवा बीचमै प्रभावित नपार्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।बोर्डले सूचना जारी गर्दै जेठ १६ गतेअघि भर्ना भएका बिरामीलाई पुरानै सुविधा प्रणालीअनुसार सेवा निरन्तर दिन र बीचमै डिस्चार्ज नगर्न आग्रह गरेको हो । सरकारी, निजी तथा सामुदायिक सबै स्वास्थ्य संस्थालाई उक्त व्यवस्था कडाइका साथ लागू गर्न भनिएको छ ।

यसअनुसार जेठ १६ गतेअघि भर्ना भएका बीमितले पहिले पाइरहेको सुविधा यथावत् रहनेछ । तर त्यसपछि नयाँ भर्ना हुने तथा नयाँ सेवा लिने बीमितको हकमा संशोधित व्यवस्था अनुसार सेवा प्रदान गरिने बोर्डले स्पष्ट पारेको छ ।

Kamana Sewa

यसअघि बोर्डले आकस्मिक सेवा बाहेक अन्य स्वास्थ्य बीमा सेवा स्थगन गर्ने निर्णय गरेपछि देखिएको अन्योलपछि यस्तो स्पष्ट निर्देशन जारी गरिएको हो । विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गतका सेवा भने पहिलेझैँ निरन्तर रहने बोर्डले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया