• १९ असार २०८३, शुक्रबार
  • ४:५० बिहान

आगामी आर्थिक वर्षका लागि मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत(पूर्णपाठ)

प्रकाशित मिति

२०८३ जेष्ठ १५ गते, शुक्रबार ०२:४०

१५ जेठ २०८३ काठमाडौं – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण ले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

२७ पृष्ठमा समेटिएको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकतामा राखिएको छ । सरकारले ‘मेड इन मधेस, समृद्ध प्रदेश’ र ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ नारालाई केन्द्रमा राख्दै कृषि, उद्योग तथा उत्पादनमूलक क्षेत्रको विकासमा जोड दिएको छ ।

Kamana Sewa

नीति तथा कार्यक्रममा विशेषगरी मखान उत्पादन तथा प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ । ‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै मखानको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङमार्फत बजार विस्तार गर्ने योजना अघि सारिएको छ ।

Classic Tech Desktop

प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई आगामी वर्षको प्रमुख लक्ष्यका रूपमा अघि बढाएको जनाएको छ ।

प्रतिकृया