गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह
प्रकाशित मिति
२०८३ जेष्ठ १२ गते, मंगलवार ०३:०७
१२ जेठ २०८३ काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ देखिएपछि नगरपालिकाले प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाईलगायत पन्छी तथा अण्डा सुरक्षित रूपमा नष्ट गरी निसंक्रमण अभियान तीव्र बनाएको जनाएको छ ।

नगरपालिकाले पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारीसाधनको प्रवेशमा रोक लगाउनुका साथै फार्महरूबीच कामदार आवतजावत नगर्न निर्देशन दिएको छ । खोरमा छुट्टै बुट–एप्रोन प्रयोग, दैनिक निसंक्रमण, फुटबाथको व्यवस्था तथा मरेका पन्छी सुरक्षित रूपमा गाड्न कृषकलाई आग्रह गरिएको छ ।

त्यस्तै, पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने तथा मासु र अण्डाजन्य परिकार राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सचेत गराइएको छ ।





प्रतिकृया