• १५ असोज २०८३, बिहीबार
  • १०ः४८ राती

रुपन्देहीमा माइक्रो बस दुर्घटना : दुईको मृत्यु, २७ घाइते

प्रकाशित मिति

२०८३ बैशाख १६ गते, बुधबार ०१:४७

रुपन्देही । बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

National Life

प्रहरीका अनुसार बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल प्रहरीअन्तर्गत प्रहरी चौकी देवदह खैरेनीका अनुसार मृतकको नाम र ठेगाना खुल्न बाँकी रहेको छ।

प्रतिकृया