• १५ असोज २०८३, बिहीबार
  • १०ः४८ राती

रास्वपा बैठकमा यी विषयमा भयो छलफल

प्रकाशित मिति

२०८३ बैशाख १६ गते, बुधबार ०१:३७

१६ बैशाख २०८३ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा समसामयिक तथा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरूमा छलफल भइरहेको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार सिंहदरबारस्थित दलको कार्यालयमा जारी बैठकमा सांसदहरूले जिल्ला तथा निर्वाचन क्षेत्रका मुद्दा उठाउँदै नेतृत्वसँग जिज्ञासा राखिरहेका छन्।

National Life

सरकारले संसद् अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउन रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि त्यसको व्यापक आलोचना भइरहेका बेला सभापति रवि लामिछानेले बैठक बोलाएका हुन्।

बैठकमा सरकारको कार्यशैली, संसदीय अभ्यास तथा आगामी रणनीतिबारे सांसदहरूले नेतृत्वसँग प्रश्न उठाउने क्रम जारी रहेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया