• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

टिकटबारे आश्वासन नदिन रास्वपा सभापति लामिछानेको निर्देशन

प्रकाशित मिति

२०८३ बैशाख १६ गते, बुधबार ०१:२४

१६ बैशाख २०८३ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनको टिकटबारे कसैलाई पनि आश्वासन नदिन निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।

बैठकले २०८४ सालमा हुने स्थानीय तह तथा प्रदेशसभा निर्वाचनका लागि उपयुक्त उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ। उक्त कार्यक्रम वैशाख २० गतेदेखि सुरु हुने र यसको संयोजनको जिम्मा सहमहामन्त्री विपिन कुमार आचार्यलाई दिइएको छ।

Kamana Sewa

पार्टीका प्रवक्ता मनिष झाका अनुसार कसैले पनि टिकटको विषयमा पूर्वप्रतिबद्धता गर्न नपाउने र त्यस्तो पाइएमा कारबाही गरिने चेतावनी दिइएको छ।

Classic Tech Desktop

प्रतिकृया