• १५ असोज २०८३, बिहीबार
  • ७ः५२ बेलुका

विपक्षी दलको बैठकमा श्रम संस्कृति अनुपस्थित

प्रकाशित मिति

२०८३ बैशाख १६ गते, बुधबार ०१:०४

१६ बैशाख २०८३ काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी सहभागी भएन।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामा सहभागी छन्।

National Life

सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउन रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि विपक्षी रणनीति तय गर्न बैठक बोलाइएको हो।

बैठक आह्वान भीष्मराज आङदेम्बेले गरेका हुन्। उनका स्वकीय सचिव एम ढुङ्गानाका अनुसार श्रम संस्कृति पार्टीलाई निम्ता दिइए पनि बैठकमा उपस्थित नभएको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया