• १७ असोज २०८३, शनिबार
  • १२ः३८ राती

कांग्रेस संसदीय दलको नेता चयन आज निर्वाचनबाट

प्रकाशित मिति

२०८३ बैशाख ११ गते, शुक्रबार ०९:१०

११ बैशाख २०८३ काठमाडौं – नेपाली कांग्रेस को संसदीय दलको नेता चयन आज निर्वाचनमार्फत हुँदैछ। दलको नेता छान्न पार्टीले गठन गरेको निर्वाचन समितिले प्रक्रिया अघि बढाइसकेको छ। निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो।

National Life

यससँगै आज मनोनयन दर्ता र मतदानसहितको सम्पूर्ण प्रक्रिया अघि बढ्नेछ। यसअघि सिंहदरबारमा बसेको बैठकमा निर्वाचन समितिले संसदीय दलको संशोधित विधान पेश गरेको थियो। २०७४ सालको विधानलाई परिमार्जन गर्दै नयाँ व्यवस्था ल्याइएको छ। उक्त विधानमा संशोधन गर्न चाहनेलाई शुक्रबार बिहान ८ बजेसम्म प्रस्ताव पेश गर्ने समय दिइएको छ।

सांसद अर्जुननरसिंह केसी ले निर्वाचन प्रक्रिया सुरु भए पनि अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहने बताएका छन्।निर्वाचन तालिकाअनुसार आज दिउँसो ३ बजे उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने ५ बजेपछि मतदान सुरु हुनेछ। मतदान सकिएपछि मतगणना गरी आजै परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा र निस्कल राई लगायतले दाबी प्रस्तुत गरेका छन्।

प्रतिकृया