• ६ असोज २०८३, मंगलबार
  • १ः११ दिउँसो

नेपाल टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक

प्रकाशित मिति

२०८२ चैत्र ३० गते, सोमबार १०:३४

३० चैत,२०८२ काठमाडौं – नयाँ वर्ष २०८३ को अवसर पारेर नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आकर्षक ‘न्यु इयर अफर’ सार्वजनिक गरेको छ। प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले विशेष डाटा प्याकेजहरू ल्याएको हो।

National Life

टेलिकमले ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका प्याकेज सार्वजनिक गरेको छ। ‘न्यु इयर लाइट’ अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन ५ जीबी डाटा प्रयोग गर्न सक्नेछन्। दैनिक सीमा सकिएपछि पनि इन्टरनेट सेवा अवरुद्ध नहुने र २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा चलाउन पाइने सुविधा रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, ‘न्यु इयर प्रिमियम’ प्याकेज ६९९ रुपैयाँमा उपलब्ध हुनेछ, जसमा ग्राहकले प्रतिदिन १० जीबी डाटा पाउनेछन्। निर्धारित सीमा सकिएपछि ३ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यो अफर चैत ३० गतेदेखि सुरु भई वैशाख २ गतेसम्म मात्र खरिद गर्न सकिनेछ। दुवै प्याकेज ३० दिनसम्म मान्य रहनेछन्। पोस्टपेड ग्राहकहरूले यी प्याकेज खरिद गर्दा शुल्क मासिक रेन्टलमै समावेश हुने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीका अनुसार नयाँ वर्षको अवसरमा ग्राहकलाई सस्तो र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको हो। इच्छुक ग्राहकहरूले आफ्नो मोबाइलबाट 141511# डायल गरेर वा नेपाल टेलिकम एप मार्फत सजिलै प्याकेज खरिद गर्न सक्नेछन्।

प्रतिकृया