• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया वैशाख २ देखि, ४ मा निर्वाचन

प्रकाशित मिति

२०८२ चैत्र २९ गते, आईतवार ०३:४५

२९ चैत,२०८२ काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया वैशाख २ गतेदेखि सुरु गर्ने भएको छ। निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार सो दिन बैठक बसेर औपचारिक प्रक्रिया अघि बढाइनेछ भने वैशाख ४ गते निर्वाचन गर्ने तयारी गरिएको छ।

रसाइलीका अनुसार वैशाख ३ गते सहमतिको प्रयासका लागि समय छुट्याइनेछ। सम्भव भएसम्म सर्वसम्मतिबाट नेता चयन गर्ने प्रयास गरिने र सहमति नजुटे निर्वाचनमार्फत टुंगो लगाइने उनले बताए।

Kamana Sewa

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ सांसद रहेका छन्, जसमध्ये १८ जना प्रत्यक्ष र २० जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्। ती सांसदमध्येबाट संसदीय दलको नेता चयन गरिनेछ। दलको नेताका लागि चार जना नेताले इच्छा देखाएका छन्। अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले आकांक्षा व्यक्त गरेका हुन्। केसी र आङ्देम्बेले भने सार्वजनिक रूपमा नै आफ्नो दाबी प्रस्तुत गरिसकेका छन्।

Classic Tech Desktop

निर्वाचन समितिमा कांग्रेस केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्यका रूपमा रहेका छन्।

प्रतिकृया