• ६ असोज २०८३, मंगलबार
  • १ः०७ दिउँसो

वैदेशिक रोजगार विभागद्वारा भ्रमपूर्ण विज्ञापन र बिचौलिया गतिविधि बन्द गर्न निर्देशन

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार १२:५१

२७ चैत,२०८२ काठमाडौं – वैदेशिक रोजगार विभागले कार्यालय आसपास तथा विभिन्न स्थानमा सञ्चालित साइबर सेन्टर र तालिम केन्द्रहरूलाई भ्रमपूर्ण विज्ञापन तथा बिचौलिया गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको छ। विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै केही संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाइन फारम भरिन्छ’ जस्ता भ्रामक शब्द प्रयोग गरी सेवाग्राहीलाई झुक्याइरहेको पाइएको जनाएको छ।

National Life

यस्ता गतिविधिबाट सेवाग्राहीलाई भ्रममा पारी अनावश्यक रूपमा रकम असुली गर्ने र बिचौलियाका रूपमा काम गर्ने गरेको गुनासो आएपछि यस्तो निर्देशन दिइएको विभागले जनाएको छ। विभागले यस्ता भ्रमपूर्ण प्रचार–प्रसार तत्काल बन्द गर्न र कार्यालयमा राखिएका बोर्ड, होडिङ बोर्ड, फ्लेक्स तथा भित्ते लेखन लगायतका सामग्री आगामी चैत ३० गते सोमबारभित्र अनिवार्य रूपमा हटाउन निर्देशन दिएको छ।

विभागका अनुसार श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण कार्य विभाग र तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्रै हुने कानुनी व्यवस्था रहेको छ। निर्देशनको पालना नगरेमा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै विभागले सेवाग्राहीलाई आधिकारिक निकायबाट मात्रै सेवा लिन र बिचौलियाको भ्रममा नपर्न पनि आग्रह गरेको छ।

प्रतिकृया