• १८ असोज २०८३, आइतबार
  • ३ः४६ राती

एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

प्रकाशित मिति

२०८२ चैत्र २६ गते, बिहीबार ०९:१५

२६ चैत,२०८२ काठमाडौं – एपोलो हाइड्रोपावर लिमिटेडले आज चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुलाएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा आईपीओ बाँडफाँड गरिसकेको थियो।

National Life

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ मूल्यको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्दैछ। यसअघि ४ लाख ७० हजार कित्ता आयोजना प्रभावितका लागि र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वितरण गरिसकिएको छ।

बाँकी शेयरमध्ये ४७ हजार कित्ता सामूहिक लगानी कोषका लागि र १८ हजार ८०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ। त्यसपछि बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत ३० गतेसम्म तोकिएको छ। कम्पनीको वित्तीय अवस्था मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपालले “केयरएनपी डबल बी माइनस” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया