एमालेको सचिवालय बैठक सुरू
प्रकाशित मिति
२०८२ चैत्र १७ गते, मंगलवार १२:२१
१७ चैत,२०८२ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक मंगलबार बसेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो पार्टी कार्यालयमा सुरु भएको हो।
जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दोस्रो पटक एमालेको सचिवालय बैठक बसेको हो। यसअघि शनिबार पनि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक बसेर पार्टीले विरोधका कार्यक्रम तय गरेको थियो।

जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओली र कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। साथै, बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेशसमेत जारी भएको छ।

पार्टी सचिवालय बैठकमा पछिल्लो राजनीतिक अवस्था, नेतृत्व पक्राउ प्रकरण र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।




प्रतिकृया