• ४ साउन २०८३, सोमबार
  • २:०८ बिहान

नेप्से ४७.७१ अंकले घट्यो, सबै उपसूचक राताम्य

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ०३:१३

१६ चैत,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ४७.७१ अंकले घटेर २८३१.३९ बिन्दुमा झरेको छ। आज ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा कुल १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन सबै १३ उपसूचकहरू घटेका छन्। फाइनान्स समूह २ प्रतिशत, वाणिज्य बैंक १.८६ प्रतिशत, विकास बैंक १.२४ प्रतिशत, होटल तथा पर्यटन १.१८ प्रतिशत र हाइड्रोपावर समूह १.९३ प्रतिशतले गिरावट आएको छ।

Kamana Sewa

प्रतिकृया