• १७ असोज २०८३, शनिबार
  • ४ः४० बेलुका

पक्राउ पर्दै ओली

प्रकाशित मिति

२०८२ चैत्र १४ गते, शनिबार ०५:५४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरीहरू भक्तपुरस्थित उनको निवास गुण्डुमा पुगेका छन्। गुण्डुमा प्रहरी रातभरि नै तैनाथ थियो। नेकपा एमालेका नेताहरू दिएको जानकारी अनुसार अहिले प्रहरीहरू ओली निवास प्रवेश गरिसकेका छन्। निवासभित्र प्रवेश गर्ने क्रममा एमालेका नेता कार्यकर्ताहरूले अवरोध गर्न खोजेका थिए। केहीबेर धकेलाधकेलसमेत भएको थियो।

National Life

धकेलाधकेलका क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको एमालेका कार्यकर्ताले बताएका छन्। ओलीलाई पक्राउ गर्ने तयारीका साथ प्रहरी पुगेपछि एमाले कार्यकर्ताहरू पनि राति नै गुण्डु पुगेका थिए। अहिले एमाले कार्यकर्ताहरू बाहिर नाराबाजी गरिरहेका छन्।

ओलीलाई पक्राउ गर्न प्रहरी अधिकारीहरू जरूरी पक्राउ पुर्जी बोकेर गुण्डु पुगेका हुन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। लगत्तै गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुखसँग छलफल गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया