• १५ असोज २०८३, बिहीबार
  • ७ः३२ बिहान

यस्तो बन्यो बालेन शाहको क्याबिनेट

प्रकाशित मिति

२०८२ चैत्र १३ गते, शुक्रबार ०१:२८

१३ चैत,२०८२ काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवास नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शपथ लिएलगत्तै मन्त्रीहरू पनि शपथ ग्रहण गरेका हुन्।

National Life

शपथ लिने मन्त्रीहरूमा स्वर्णिम वाग्ले (अर्थमन्त्री), सुदन गुरूङ (गृहमन्त्री), शिशिर खनाल (परराष्ट्र), सुनिल लम्साल (भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास) र विराजभक्त श्रेष्ठ (ऊर्जा तथा जलस्रोत) रहेका छन्।

त्यस्तै खड्कराज पौडेल (संस्कृति तथा पर्यटन), सस्मित पोखरेल (शिक्षा तथा खेलकुद), निशा मेहता (स्वास्थ्य तथा खानेपानी), विक्रम तिमिल्सिना (सञ्चार), प्रतिभा रावल (सामान्य प्रशासन), सोबिता गौतम (कानुन), गीता चौधरी (कृषि तथा वातावरण), दीपक साह (श्रम तथा रोजगार) र सीता वादी (महिला तथा बालबालिका) मन्त्री बनेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, रक्षा, उद्योग तथा वाणिज्य मन्त्रालय भने प्रधानमन्त्री बालेन शाह आफैंले सम्हालेका छन्।

प्रतिकृया