• १८ असोज २०८३, आइतबार
  • ४ः२९ बिहान

१८ वर्षपछि संसद्मा सँगै देखिए प्रचण्ड र बादल

प्रकाशित मिति

२०८२ चैत्र १२ गते, बिहीबार ०३:५५

१२ चैत,२०८२ काठमाडौं – रुकुम पूर्वबाट प्रत्यक्ष निर्वाचित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)बाट समानुपातिक सांसद बनेका रामबहादुर थापा ‘बादल’ बिहीबार सिंहदरबारमा सँगै देखिएका छन्। नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा पद तथा गोपनीयताको शपथ लिन पुग्दा उनीहरू एकै ठाउँमा देखिएका हुन्।

National Life

२०६४ सालमा पहिलोपटक संविधानसभा सदस्य बनेका यी दुई नेता करिब १८ वर्षपछि पुनः संसद्मा सँगै देखिएका हुन्। विगतमा सशस्त्र द्वन्द्वदेखि लामो समयसम्म एउटै पार्टीमा आबद्ध रहेका उनीहरू पछिल्लो समय अलग–अलग राजनीतिक धारमा सक्रिय छन्।

२०७४ मा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका बादल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए। तर २०७८ मा नेकपा विभाजन भएपछि उनले माओवादी त्यागेर एमाले रोजेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया