• १७ असोज २०८३, शनिबार
  • ४ः०८ बिहान

नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता

प्रकाशित मिति

२०८२ चैत्र १२ गते, बिहीबार ०३:३४

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई बेकरी उद्योगको वस्तुहरूमा छुट दिइने भएको छ।

National Life

काठमाडौंको चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा अवस्थित ताजा बेकरी उद्योगद्वारा उत्पादित बिभिन्न बेकरी वस्तुहरुका खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा न्यूनतम ५०० रुपैयाँको खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

उक्त सम्झौता पत्रमा चैत्र ११ गते बैकको तर्फबाट बजारीकण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया