• ३ साउन २०८३, आइतबार
  • ५:३६ बेलुका

शेयर बजारमा आज दोहोरो अंकको गिरावट, नेप्से २४.४५ अंकले घट्यो

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ०३:१८

११ चैत,२०८२ काठमाडौं- आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ बिन्दुमा कायम भएको छ।

आज ३४५ कम्पनीका ३ करोड ५८ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। व्यापार र म्यानुफ्याक्चरिङ बाहेक अधिकांश उपसूचक घटेका छन्।

Kamana Sewa

बजारमा २१३ कम्पनीको शेयरमूल्य घट्दा ४५ कम्पनीको मूल्य मात्र बढेको छ। विश्लेषकहरूका अनुसार दीर्घकालीन स्थिर सरकारको सम्भावना, लगानीमैत्री नीति, बैंकिङ क्षेत्रको लचिलोपन र न्यून ब्याजदरका कारण आगामी दिनमा बजारमा सकारात्मक माहोल बन्ने अपेक्षा गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया