• १९ असोज २०८३, सोमबार
  • ५ः१९ बेलुका

भोलि रास्वपाको बैठक: यी विषयमा छलफल गर्न बस्दै

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार १२:४९

११ चैत,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। बैठकमा बालेन शाहलाई संसदीय दलको नेता चयन र अन्य एजेण्डा छलफल गरिनेछ।

National Life

पुस १३ गते भएको ७ बुँदे सहमति अनुसार रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको छ। पार्टी सचिवालय सदस्यहरूले संसदीय दलको नेता बनाउन कुनै समस्या नरहेको बताएका छन्।

संसदीय दलको बैठक दिउँसो ५ बजे बस्नेछ र नयाँ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम सिंहदरबारमा तय गरिएको छ। रास्वपाले स्पष्ट बहुमत ल्याएकाले संविधानको धारा ७६(१) अनुसार बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया