• १६ असोज २०८३, शुक्रबार
  • ८ः४० बिहान

समानुपातिक मतगणना सकियो, रास्वपा–कांग्रेस–एमालेको थप सिट तय

प्रकाशित मिति

२०८२ फाल्गुन २७ गते, बुधबार ०१:२२

२७ फाल्गुन,२०८२ काठमाडौं-  प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको मतगणना पूर्ण रूपमा सकिएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले यसबारे जानकारी दिँदै अब सिट बाँडफाँटका काम सुरु हुने बताए।

National Life

प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएको छ। यस अनुसार रास्वपाले समानुपातिकबाट ५७ सिट थप्ने निश्चित भएको छ।

त्यस्तै, प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाख ४९ हजार ५८३ मत पाएको छ। कांग्रेसले समानुपातिकबाट २० सिट थप्ने सम्भावना रहेको छ।नेकपा एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको अवस्थामा समानुपातिकबाट १४ लाख ५१ हजार ७५९ मत पाएको छ र १६ सिट थप्ने निश्चित भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल कम्युनिस्ट पार्टीले प्रत्यक्षमा ७ सिट जितेको र समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत पाएको छ। यसअनुसार पार्टीले ९ सिट थप्नेछ।चार महिना अघि प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकबाट ३ लाख ८५ हजार ६ सय ८२ मत पाएर थप ४ सिट पाउने निश्चित भएको छ।

प्रत्यक्षमा १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकबाट ३ लाख ३० हजार ८२ मत पाएर करिब ४ सिट थप्ने सम्भावना बनाएको छ।

सूचना अधिकारी घिमिरेका अनुसार अब दलहरूले पाएको मतको आधारमा सिट बाँडफाँट हुनेछ। त्यसपछि दलहरूले समानुपातिक सूचीमा रहेका उम्मेदवारमध्ये सिफारिस गर्ने पत्र पठाउनेछन्। निर्वाचन आयोगले यसलाई जाँच गरी अन्ततः ११० जना सांसदलाई निर्वाचित प्रमाणपत्र प्रदान गर्नेछ।

प्रतिकृया