• १६ असोज २०८३, शुक्रबार
  • ९ः१० बिहान

रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा सर्वोच्चको पूर्ण इजलासमा जाने

प्रकाशित मिति

२०८२ फाल्गुन २७ गते, बुधबार १२:४५

२७ फाल्गुन,२०८२ काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दर्ता गरिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

National Life

बुधबार न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।

यसअघि महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेसहित सहकारी ठगी प्रकरणमा जोडिएका सबैमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग नचलाउने निर्णय गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र युवराज सफल (पौडेल)ले छुट्टाछुटै रिट निवेदन दायर गरेका थिए। वरिष्ठ अधिवक्ता त्रिपाठीका अनुसार न्यायाधीश मल्ल र पौडेलको इजलासले रिट निवेदनको सुनुवाइ पूर्ण इजलासमा गर्ने आदेश दिएको छ।

प्रतिकृया